
काभ्रे । नेपाली कांग्रेस काभ्रेका सभापति एवं बाग्मती प्रदेश सभा सदस्य तीर्थ लामाले खेलकुद क्षेत्रमा राष्ट्रको लगानी बृद्धि हुन नसक्नु दुखद भएकाे बताएका छन् । जिल्ला समन्वय समिति र जिल्ला खेलकुद विकास समिति काभ्रेको आयोजनामा शुरु भएकाे बहृत्त खेलकुद महोत्सवकाे उद्घाटन समाराेहका बाेल्दै लामाले साे कुरा बताएका हुन् । पहिलो पटक हुन लागेको बृहत जिल्ला खेलकुद महोत्सवमा खेलकुद पूर्वाधारहरु अझै अलपत्र भएकाे भन्दै लामाले खेलकुद क्षेत्रको पूर्वाधार विकासमा सबै तहका सरकारले लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराए ।
खेलाडीहरु देशका चिनारी मात्र नभएर देशको गहना भएको हुनाले खेलकुद जस्तो अति महत्वपूर्ण क्षेत्रमा ‘सिमित श्रोत साधनमा पनि खेलाडीहरुले देखाएको साहस र राष्ट्रलाई दिएको सफलताकाे उनले प्रशंसा गरे ।
उपराष्ट्रपति नन्दबहादुर पुनः ले शुक्रबार महोत्सवको पनौतीको क्षेत्रिय रंगशालामा उद्घाटन गरेका छन् । जिल्लामा पहिलो पटक खेलकुद महोत्सव आयोजना गरिएको हो । महोत्सवमा जिल्लाभरका १३ वटा पालिकाको सहभागीता रहने स्रोतले जनाएको छ । महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले तीनै तहका सरकारले खेल, खेलाडी र खेलका पूर्वाधारलाई प्राथमिकतामा राख्नु पर्नेमा जाेड दिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google