नेपाल यूएईसँग पराजित

दर्पण दैनिक २४ कार्तिक २०८१,१६:३०
post

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएईमा) मा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ । नेपालले आफ्नो चौथो खेल आइतबार थाइल्याण्डसँग खेल्नेछ ।

शनिबार दुबईमा भएको तेस्रो खेलमा पहिला टस जितेर ब्याटिङ गरेर यूएईले दिएको १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रनको योगफल बनाएको थियो ।

नेपालका लागि कप्तान पुजा महतोले सर्वाधिक ४८ रन बनाइन् । १९औँ ओभरमा आउट भएकी पूजाले ४३ बलमा ५ चौका प्रहार गर्दै ४८ रन जोडिन् । अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन् । सोनी पाख्रिनले २३ बलमा १९ र ओपनर साना प्रविनले ३४ बलमा १९ रन बनाए । ज्योत्सनिका मरासिनी ११ रनमा अविजित रहिन् । युएईका लागि इन्दुजा नान्दाकुमार, लावान्य केनी र मेहक ठाकुरले एक–एक विकेट लिए ।

यूएईका लागि रिनिथा रञ्जितले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाइन् । त्यस्तै लावन्या केनीले २० रन जोडिन् । नेपालका लागि रिया शर्माले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् भने पूजा महतो, क्रिस्मा गुरुङ र सीमा केसीले एक–एक विकेट लिए ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन र दोस्रो खेलमा कुवेतलाई १०८ रनको फराकिलो अन्तरले हराएको थियो । चार टोली सम्मिलित छनोट प्रतियोगितामा यूएई लगातार ३ खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ ।

पहिलो हारपछि नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ । डबल राउण्ड रोविनका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: