आयरल्यान्ड ‘ए’माथि नेपालकाे शानदार जीत

दर्पण दैनिक १३ चैत्र २०८०,१७:३१
post

काठमाडौं । आयरल्यान्ड ‘ए’सँगको दोस्रो तथा अन्तिम टी-२० खेलमा नेपाल ७१ रनले विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा नेपालले मंगलबार आइरिस टोलीमाथि शानदार जीत हात पार्‍यो ।

आयरल्यान्ड ‘ए’ले निर्धारित १८.३ ओभरमा सबै विकेट गुमाएर १२७ रन जोड्यो । आइरिस टोलीलाई अन्तिम ५ ओभरमा ९१ रन आवश्यक थियो । आयरल्यान्डविरुद्ध नेपालका कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे । उनले बलिङतर्फ ३ ओभरमा १५ रन खर्चिएर ३ विकेट हात पारे ।


त्यसअघि उनले ब्याटिङमा १३ बलमा ३४ रन जोडेका थिए । सोमपाल कामीले पनि २.३ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए । कुशल भुर्तेल, विवेक यादव र करण केसीले पनि एक-एक विकेट हात पारे ।

त्यसअघि नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९८ रन जोडेको थियो । गुल्शन झाले ४६, रोहित पौडेलले ३३, कुशल भुर्तेलले २५ र सन्दीप जोराले २१ रन बनाएका थिए । नेपालले पहिलो खेल ६ विकेटले जितेको थियो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: