ओडीआई वरीयतामा १६औं स्थानमा उक्लियो नेपाल

दर्पण दैनिक १ चैत्र २०७९,०९:५४
post

काठमाडौं । आईसीसी ओडीआई वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ । आईसीसीले मंगलबार अपडेट गरेको ओडीआई वरीयतामा नेपाल एक स्थान सुधार गर्दै १६औं स्थानमा उक्लेको हो ।

केही दिनअघि मात्रै १९औं स्थानबाट १७औं स्थानमा उक्लेको नेपालले यस पटक नामिबियालाई पछि पारेको हो ।

पछिल्लो पटक क्रिकेट विश्वकप लिग टु मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालले वरीयतामा तीन स्थान सुधार गरिसकेको छ ।

नेपालले लिग टु मा ११ खेल खेल्दा १० खेल जितेको छ । नेपालले घरेलु मैदानमा भइरहेको लिग टु को अन्तिम शृखंद्याको अन्तिम खेल बिहीबार यूएईसँग खेल्नेछ ।

एसोसिएट राष्ट्रहरुमध्ये नेपालभन्दा अघि स्कटल्याण्ड (१२औं), नेदरल्याण्ड्स(१४औं) र ओमान (१५औं) स्थानमा छ । भारत ओडीआई वरीयताको शीर्ष स्थानमा छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: