काठमाडाैं । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले कप्तानी छाडेका छन् । उनले ३ वटै फर्म्याटको कप्तानी छाड्ने घोषणा गरेका हुन् । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा ९ मध्ये ४ खेल हारेर टीम प्रतियोगिताबाट बाहिरिएपछि बाबरले कप्तानी छाड्ने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका छन् ।
बाबरले सन् २०१९ देखि पाकिस्तान टोलीको कप्तानी सुरु गरेका थिए । त्यसयता उनले टोलीलाई सीमित ओभरको क्रिकेटमा आईसीसी वरीयताको शीर्ष स्थानमा समेत पुर्याएका थिए । तर विश्वकपमा टोली समूह चरणबाटै बाहिरिएपछि उनको आलोचना भएको थियो । बाबरले टोलीको कप्तानी छाडे पनि खेलाडीको भूमिकामा भने निरन्तर रहनेछन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google