त्रिदेशीय टी२० आई सिरिजः यूएई नेपालसँग ७ विकेटले पराजित

दर्पण दैनिक १ कार्तिक २०८०,१६:५६
post

काठमाडाैं । बुधबार सुरु भएको त्रिदेशीय टी२० आईमा नेपालले यूएईमाथि सहज जित हात पारेको छ । मूलपानी मैदानमा पहिलो टी२० आई हुँदा नेपालले यूएईलाई ७ विकेटले पराजित गरेको हो । टस हारेर पहिला ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १४० रन बनाएको थियो । 

जवाफी ब्याटिङ गरेको नेपालले ३ विकेटको क्षतिमा १९ ओभरमा लक्ष्य पूरा गर्‍यो । नेपालको जितमा ब्याटिङतर्फ कप्तान रोहित पौडेलले ५१ रन र दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । त्यसअघि करण केसीले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिएपछि यूएई सस्तैमा रोकिएको थियो । 

त्रिदेशीय सिरिजमा अर्को टिम हङकङ समावेश छ । नेपालमै हुने टी२० विश्वकप प्रतियोगिताको एसिया छनोटको तयारीका लागि यो त्रिदेशीय सिरिज महत्वपूर्ण मानिएको छ । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: