
काठमाडाैं । आउँदो जनवरीमा दक्षिण अफ्रिकामा हुने आइसिसी यू–१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।विश्वकपमा सहभागी १६ देशलाई ४ समूहमा बाँडिएको छ । नेपाल समूह डि मा परेको छ । नेपाल रहेको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।
समूह ए मा भारत, बंगलादेश, आरल्याण्ड र अमेरिका, समूह बी मा इङग्ल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड, समूह सी मा अष्ट्रेलिया, श्रीलंका, जिम्बाबे र नामिबिया छन् ।
तालिकाअनुसार नेपालले पहिलो खेल न्युजिल्यान्डसँग जनवरी २१, दोस्रो खेल पाकिस्तानसँग जनवरी २४ र तेस्रो खेल अफगानिस्तानसँग जनवरी २६ मा खेल्नेछ । नेपाली यू–१९ टिम अहिले यूएईमा एसिया कप खेलिरहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google