यू– १९ एसिया कप : पहिलो खेलमा पाकिस्तानसँग नेपाल पराजित

दर्पण दैनिक २२ मंसिर २०८०,१७:३८
post

काठमाडाैं । यूएईमा आज सुरु भएको यू– १९ एसिया कप क्रिकेटमा नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल मैदान २ मा टस हारेको नेपाल पहिला ब्याटिङ गर्दै १५२ रन बनाउँदा अलआउट भएको थियो । १५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले तीन विकेटको क्षतिमा २६ ओभर २ बलमा लक्ष्य पूरा गरेको हो । 

पाकिस्तानका लागि कप्तान साद बेगले ५० रन बनाए भने अजान वाइसले ५५ रन बनाए । यस्तै, मोहम्मद जिसनले ८ बलमा २० रन बनाए । नेपालका लागि गुल्सन झाले दुई र आकाश त्रिपाठीले एक विकेट लिएका थिए । 

त्यसअघि क्वालिटी फास्ट बलिङ आक्रमण रहेको पाकिस्तानका अगाडि नेपाली युवा ब्याटरले संघर्ष गरेका थिए । पाकिस्तानका फास्ट बलर मोहम्मद जिसनले नेपाली ब्याटिङ लाइन ध्वस्त पार्ने क्रममा ६ विकेट लिँदा नेपाल संकटमा परेको हो । 

उत्तम थापा मगर दिपेश कँडेलले ६८ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनाएको हो । नेपालका लागि उत्तम थापा मगरले ७६ बलमा ५१ रन बनाए । उनले त्यस क्रममा २ छक्का र तीन चौका प्रहार गरेका थिए । 

यस्तै, दिपेशले ५९ बलमा ३१ रन बनाए । उनले एक छक्का र २ चौका प्रहार गरेका थिए । ओपनर अर्जुन कुमालले २१ रनको योगदान दिए । अन्य ब्याटरले राम्रो ब्याटिङ गर्न सकेनन् । कप्तान देव खनाल १३ बल खेलेर शून्यमा आउट भए । सिनियर टिमका नियमित अलराउन्डर गुल्सन झा एक रन बनाएर आउट भए ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: