
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर आरिफ शेखले विवाह गरेका छन् । बिहीबार पर्सा वीरगञ्जमै आरिफले सबाना खातुनसँग मुस्लिम परम्पराअनुसार विवाह गरेका हुन् । आरिफ र सबानालाई अहिले उनीहरुका शुभचिन्तकहरूले वैवाहिक जीवनको शुभकामना दिइरहेका छन् ।
त्यस्तै राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल, क्रिकेटर सन्दिप लामिछाने, करण केसीलगायत खेलाडीहरुले पनि आरिफ र सबानालाई वैवाहिक जीवनको शुभकामना दिएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google