टी-२० विश्वकप : युगाण्डा छनोट

दर्पण दैनिक १४ मंसिर २०८०,१६:४६
post

काठमाडौं । युगाण्डा पहिलो पल्ट टी-२० विश्वकपमा छनोट भएको छ । अफ्रिकी महादेशको छनोटको समूह चरणको अन्तिम खेलमा रुवान्डालाई ९ विकेटले हराउँदै युगाण्डाले शीर्ष २ मा रहेर टी-२० विश्वकपमा स्थान सुरक्षित गरेको हो ।

छनोटमा युगाण्डा नामिबियासँग ६ विकेटले पराजित भए पनि अरु सबै ५ खेलमा विजयी भयो । उसले तान्जानिया, जिम्बाब्वे, नाइजेरिया र केन्यालाई हराएको हो ।

अफ्रिकी महादेशबाट नामिबिया यसअघि नै विश्वकपमा छनोट भइसकेको थियो । नामिबिया र युगण्डा विश्वकपमा छनोट हुँदा टेष्ट राष्ट्र जिम्बाब्वेसँगै केन्या विश्वकपमा पुग्न असफल भएका छन् । नामिबियाले नाइजेरियासँग खेल्नै बाँकी छ ।

अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट हुने युगाण्डा अन्तिम टोली हो । वेस्ट इण्डिज र अमेरिका आयोजकका हिसाबले स्वत: छनोट भएका थिए  ।

भारत, पाकिस्तान, इंग्ल्याण्ड, न्यूजिल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिका, नेदरल्याण्ड्स र श्रीलंका अघिल्लो संस्करणमा शीर्ष आठमा परेका कारण स्वत: छनोट भएका हुन् ।

अफगानिस्तान र बंगलादेश टी-२० वरीयताका आधारमा छनोट भए भने क्षेत्रीय छनोटमा युरोपबाट आयरल्याण्ड र स्कटल्याण्ड, इस्ट एसिया प्यासिफिकबाट पपुवा न्यूगिनी, अमेरिकी छनोटबाट क्यानडा तथा एसिया छनोटबाट नेपाल र ओमनले विश्वकपमा स्थान बनाएका छन् । ४ जूनदेखि ३० जूनसम्म हुने विश्वकपमा २० टोलीलाई ४ समूहमा विभाजन गरिनेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: