हङकङ सिक्सेसमा नेपालले इंग्ल्यान्डलाई ६ विकेटले हरायो

दर्पण दैनिक १६ कार्तिक २०८१,०८:४७
post

काठमाडौँ । नेपालले इंग्ल्यान्डमाथि शानदार जित हात पारेको छ। हङकङमा जारी २० औं हङकङ सिक्सेसमा नेपालले इंग्ल्यान्डलाई ६ विकेटले पराजित गरेको हो । पहिलो पटक प्रतियोगितामा सहभागित जनाएको नेपालले तीन पटकको उपाधि विजेता इंग्ल्याण्डलाई हराएको हो ।

९८ रनको लक्ष्य पाएको नेपालले  बिना विकेटको क्षति जित हात हासिल गरेको हो। नेपालले ४ दशमलव २ ओभरमा बिना कुनै विकेटको क्षति ९९ रन बनायो । 

नेपालको जितमा सन्दीप जोराले १७ बलमा ७१ रन बनाए। उनले पाँच चौका र आठ छक्का हानेका छन् । यस्तै लोकेश बमले ११ बलमा २० रन बनाए । 

पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन बनाएको थियो । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा  छ। यस समूहको तेस्रो टिम अस्ट्रेलिया रहेको छ । नेपालले अब शनिबार अस्ट्रेलियासँग खेल्ने छ ।  

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: