स्कटल्याण्डसँग जिम्बाव्वे पराजित, विश्वकपमा छनोट हुन सकेन

दर्पण दैनिक १९ असार २०८०,२०:३८
post

काठमाडौं । स्कटल्याण्डसँग पराजित हुँदै जिम्बाव्वे अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकप क्रिकेटमा छनोट हुन असफल भएको छ । सन् १९८३ देखि विश्वकप खेल्दै आएको जिम्बाव्वे लगातार २ वटा विश्वकपमा छनोट हुन असफल भएको हो ।

जिम्बाव्वे यो विश्वकप गुमाउने तेस्रो टेष्ट राष्ट हो । वेष्ड इण्डिज र आयरल्याण्ड यसअघि नै विश्वकपबाट बाहिरिसकेका छन् । श्रीलंका भने विश्वकपमा छनोट भइसकेको छ ।

यो जितपछि स्कटल्याण्डको विश्वकपमा छनोट हुने संभावना बलियो भएको छ । स्कटल्याण्डको र जिम्बाव्वेको समान ६ अंक छ तर रन रेटमा स्कटल्याण्ड अघि छ ।

स्कटल्याण्डले अब नेदरल्याण्ड्स सँग खेल्न बाँकी छ । यो खेलमा फराकिलो अन्तरको जित हात पारेमा भने स्कटल्याण्डको सट्टा नेदरल्याण्ड्स विश्वकपमा छानिने छ । नेदरल्याण्ड्सको ४ अंक छ ।

भारतमा हुने विश्वकपमा छनोट हुन जित्नै पर्ने खेलमा जिम्बाव्वे स्कटल्याण्डसँग ३१ रनले पराजित भयो । जितका लागि २३५ रनको सामान्य लक्ष्य पछ्याएको घरेलु  टोली ४१.१ ओभरमा २०३ रन बनाउँदै अल आउट भयो ।

जिम्बाव्वेका लागि रायन बर्लले ८३ रनको शानदार पारी खेले पनि टिमलाई जिताउन असफल भए । सुरुवाती क्रममा ब्याटरलाई सस्तैमा गुमाएपछि जिम्बाव्वे दबाबमा परेको थियो ।

बर्लले सिकन्दर राजासँग पाँचौ विकेटका लागि ५४ र छैटौं विकेटका लागि वेस्ली मदभेरासँग ७३ रनको साझेदारी गरेका थिए । स्कटल्याण्डका क्रिश शोलेले ३ विकेट लिए ।

पहिला ब्याटिङ्ग गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २३४ रन बनाएको थियो । उसका लागि माइकल लिस्कले ४८ रन बनाए ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: