काभा महिला भलिबल प्रतियोगिता आजबाट, उद्घाटन खेलमा श्रीलङ्का र नेपाल खेल्दै

दर्पण दैनिक १७ श्रावण २०८१,०९:१६
post

काठमाडौँ । काभा महिला भलिबल लिग आज (बिहीबार) देखि त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शुरु हुँदैछ । नेपाल भलिबल सङ्घको आयोजनामा आज शुरु हुने प्रतियोगिता यही साउन २३ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगितामा नेपालले आज उद्घाटन खेलमा श्रीलङ्कासँग खेल्दै छ । नेपाल र श्रीलङ्काबीचको खेल दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

यस्तै नेपालले  दोस्रो खेलमा भोलि  भारतसँग, तेस्रो खेलमा २० गते आइतवार माल्दिभ्ससँग र चौथो खेलमा २१ गते सोमवार इरानसँग खेल्ने तालिका छ । लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ । लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच अन्तिम चारमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २३ गते बुधवार हुनेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: