नमोबुद्धमा फुटबल प्रतियोगिता सुरु, पूर्वमन्त्री लामाले गरे उद्घाटन

दर्पण दैनिक १२ माघ २०८१,१७:२३
post

काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा दोस्रो संस्करणको नमोबुद्ध कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।  नमोबुद्ध मानेगाउँ युवा क्लवको आयोजनामा शनिबारबाट नमोबुद्ध–१, फूलबारीमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा १९ टिम सहभागि रहेको बताइएको छ ।

प्रतियोगिताको नेपाली कांग्रेस काभ्रेका सभापति तथा पूर्वमन्त्री एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामाले उद्घाटन गरे । प्रतियोगिताको उद्घाटन गर्दै लामाले खेलमैदानमा पूर्वाधार विकासको लागि सहयोग गर्ने प्रतिवद्धता जनाए । 

नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले बिपद लगायत अन्य कुरामा केन्द्रित हुनुपर्दा खेल क्षेत्रमा पर्याप्त सहयोग गर्न नसकेको बताए । उनले आगामी दिनमा सहयोगको गर्ने प्रतिवद्धता जनाए । 

कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, नमोबुद्ध नगरपालिका १ का वडाध्यक्ष प्रेमबहादुर तामाङ, समाजसेवी सन्तमान तामाङ, कृष्ण लामा, भोलाप्रसाद भट्टराई, आयोजक क्लबका अध्यक्ष उत्तरध्वज लामा, नवेश तामाङ लगायतले आ–आफ्नो धारणा राखेका थिए । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: