एसियाली खेल : महिला फुटबलमा भियतनामसँग नेपाल पराजित

दर्पण दैनिक ५ आश्विन २०८०,१७:२०
post

काठमाडौं । १९औं एसियाली खेल अन्तर्गत महिला फुटबलमा नेपाल भियतनामसँग पराजित भएको छ । वानझाउ ओलम्पिक स्पोर्टस् सेन्टर स्टेडियममा शुक्रबार भएको समूह चरणको पहिलो खेलमा नेपाल भियतनामसँग २-० गोल अन्तरले पराजित भएको हो । 


खेलको पहिलो हाफमा भियतनामलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा गोल खान पुग्यो । खेलको ५३ औं मिनेटमा फाम हाइ ऐनको गोलमा भियतनामले सुरुवाती अग्रता बनएको थियो । ६३ औं मिनेटमा नियुयन थि बिचले अग्रता दोब्बर पारिन् ।

नेपाली टोलीले पहिलो पटक एसियाडमा सहभागिता जनाएको हो । समूह चरणको दोस्रो खेलमा नेपाल जापानसँग सोमबार खेल्नेछ। समूह चरणको अन्तिम खेलमा ११ गते बिहीबार  बंगलादेशसँग खेल्ने तालिका छ । समूह चरणमा नेपाल, भियतनाम र जापानसँगै बंगलादेश रहेको कठिन समूहमा छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: