तेमाल गाउँपालिकामा ‘खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता-२०८१’ हुने

दर्पण दैनिक ९ माघ २०८१,१९:४४
post

काठमाडाैँ । काभ्रे जिल्लाकाे तेमाल गाउँपालिकामा ‘खुल्ला अध्यक्ष कप भलिबल प्रतियोगिता-२०८१’ हुने भएको छ । “हाम्रो लक्ष्य राष्ट्रको सार, खेलकुद विकास स्वस्थ समाजको आधार” भन्ने मूल नाराका साथ हुने साे प्रतियाेगिता २०८१ फागुन ७ गतेदेखि १० गतेसम्म तेमाल गा.पा. वडा नं. ५ स्थित पोखरी नारायणस्थान खेल मैदानमा हुने गाउँपालिकाले जनाएकाे छ ।

खेलमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको खेलाडी सहितको समूह तथा क्लब / टिमलाई भाग लिन आव्हान गरेकाे छ । शिक्षा शाखा सहायक भिमलाल तामाङका अनुसार आवश्यक कागजातका साथ २०८१ माघ ३० गतेभित्र तोकिएको दस्तुर तिरी गाउँपालिकामा आफ्नो क्लब, समूह, टिम दर्ता गर्नुपर्ने छ ।

टिम दर्ताका लागि टिमको क्याप्टेन, प्रशिक्षक, व्यवस्थापक सहितको १२ जना खेलाडीको नामावली, सहभागी खेलाडीको नागरिकता तथा पहिचान खुल्ने परिचयपत्र आवश्यक पर्ने बताइएकाे छ । 

प्रतियोगितामा प्रथम हुने टिमलाई नगद एक लाख पच्चीस हजार, द्वितीय हुने टिमलाई नगद पचहतर हजार, तृतीय हुने टिमलाई नगद पचास हजार र चौथो हुने टिमलाई नगद पच्चीस हजार रूपैयाँ प्रदान गरिने शिक्षा शाखा सहायक भिमलाल तामाङले बताए ।  

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: