दर्शकमाथि जाइ लाग्ने आर्मीका तीनजना भलिबल खेलाडीलाई प्रतिबन्ध

दर्पण दैनिक ३१ असार २०८०,१५:२९
post

काठमाडौं । सातौँ राष्ट्रिय प्रधानमन्त्री एनभीए पुरुष तथा महिला भलिबल प्रतियोगितामा गत असार २५ भएको खेलका क्रममा दर्शकमाथि जाइ लाग्ने त्रिभुवन आर्मी क्लबका खेलाडीहरु कारबाहीमा परेका छन् । लिग खेलकै क्रममा प्यारापिटमा रहेका दर्शकहरुमाथि मुक्का बर्साउने काममा संलग्न आर्मी क्बलका धनबहादुर भट्ट, राजेन्द्र विष्ट र धनपति कुँवरमाथि नेपाल भलबिल संघले प्रतिबन्ध लगाएको हो । 

नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठका अनुसार धनबहादुरलाई ६ महिना तथा राजेन्द्र र धनपतिलाई तीन-तीन महिनाको प्रतिबन्ध लगाइएको हो ।  घटनामा संलग्न रहेको आरोपमा हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानीबाट बर्खास्त गरिएको छ । उनी आर्मी क्लबको पनि कप्तानी गर्छन् । 

‘खेल भावनाविपरीतको कार्य गरेकाले उनीहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय सबै किसिमको खेलका लागि प्रतिबन्ध लगाइएको हो,’ उक्त घटनापछि गठित छानबिन समितिका संयोजकसमेत रहेका श्रेष्ठले भने, ‘अन्य दुई खेलाडीहरु दुर्गा खड्का र हरि अधिकारीलाई चेतावनी दिएका छौँ।’

असार २५ को खेलका क्रममा आर्मीका खेलाडीहरुले दर्शकहरुमाथि अपश शब्द प्रयोग गरेका थिए। त्यसको विरोधमा दर्शकहरुले खेलाडीतर्फ बोतल हानेका थिए। त्यसपछि आर्मीका खेलाडीहरु प्यारापिट पुगेर दर्शकमाथि कुटपिटमा उत्रिएका थिए ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुरुषतर्फको प्रतिस्पर्धा चलिरहँदा आर्मी गण्डकी प्रदेशविरुद्ध खेलिरहेको थियो । आर्मी र गण्डकीबीच तेस्रो सेटको खेलका क्रममा भएको सामान्य विवाद बढेपछि तनाव भएको थियो । दर्शकसँग पनि विवाद भएपछि आर्मीका खेलाडीले दर्शकहरुलाई कोर्टबाटै गाली गरेका थिए । तर दर्शकहरुले उनीहरुको अराजक व्यवहारको प्रतिकार गर्दा आर्मीका खेलाडी जाइ लागेका थिए । 
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: