नेपालले मंगोलियालाई दियो ३१५ रनको लक्ष्य

दर्पण दैनिक १० आश्विन २०८०,०९:२१
post

काठमाडौं । बायाँ हाते युवा ब्याटर कुशल मल्लको कीर्तिमानी प्रर्दशनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले चीनको हाङझाओमा जारी १९ औं एसियाली खेलकुदमा मंगोलियासामु ३ सय १५ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको छ । झेझियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रनको योगफल तयार पारेको थियो । 

चौथो विकेटका लागि युवा ब्याटर कुशल मल्ल र कप्तान रोहित पौडेलले १ सय ९३ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालले विशाल लक्ष्य दिएको हो ।  तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशल मल्ल १ सय ३७ रनमा नटआउट रहे। कुशलले ८ चौका र १२ छक्का प्रहार गरे । 

दिपेन्द्रसिंह ऐरि ५२ रनमा नटआउट रहे ।  दिपेन्द्रले १० बलमा ८ चौका प्रहार गरे। कप्तान रोहित ६१ बलमा क्याच आउट भए। २७ बलको सामना गरेका कप्तान रोहितले २ चौका र ६ छक्का प्रहार गरे । 

नेपालका ओपनर कुशल भुर्तेल १९ तथा आशिफ शेख १६ रनमा आउट भए । पहिलो अन्तर्राष्ट्रिय खेलको अनुभव बटुलीरहेका मंगोलियाका लागि जमयानसुरेन दाभासुरेन सबैभन्दा महंगा हुन पुगे । उनले आफ्नो स्पेलमा १ विकेट लिदा सर्वाधिक ६० रन दिए । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: