टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा, को-को परे ? (सूचीसहित)

दर्पण दैनिक १९ बैशाख २०८१,१९:२४
post

काठमाडाैं । नेपालले अमेरिका र वेस्ट इण्डिमा हुने टी–२० विश्वकपको लागि १५ सदस्यीय टिम घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले बुधवार १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।  यस अघि राष्ट्रिय टोलीमा खेल्दै आएकासहित फास्ट बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाल पनि नेपाली टोलीमा परेका छन् ।

नेपालले विश्वकपको समूह चरणमा नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलंका र बङ्गलादेशसँग खेल्नेछ ।​ नेपाली टोलीमा कप्तान रोहित पौडेल, आशिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।

नेपालले ४ जुनमा नेदरल्याण्ड्स, ११ जुनमा श्रीलंका, १४ जुनमा दक्षिण अफ्रिका र १६ जुनमा बंगलादेशसँग खेल्नेछ ।  विश्वकप आगामी १ देखि २९ जुनसम्म चल्नेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: