नेपालका कप्तान रोहितसँग झगडा गरेका तान्जिममाथि भयाे यस्ताे कारबाही

दर्पण दैनिक ६ असार २०८१,०७:१३
post

काठमाडौँ । बङ्गलादेशका तीव्र गतिका बलर तान्जिम हसन शाकिब कारबाहीमा परेका छन् । इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसिसी) ले आइतवारको खेलमा क्रिकेट आचारसंहिता उल्लङ्घन गरेको भन्दै शाकिबलाई म्याच शुल्कको १५ प्रतिशत रकम जरिवाना तिर्नुपर्ने जनाएको छ ।

आइतवार बङ्गलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालको तेस्रो पारी चलिरहँदा उक्त घटना भएको थियो । जहाँ नेपालका कप्तान रोहित पौडेल ब्याटिङ्गका लागि मैदानमा आएपछि तान्जिमले पौडेलसँग मिडपिच कुराकानी गरेका थिए भने तान्जिमले रोहितलाई धक्का समेत दिएका थिए ।

तान्जिमले खेलाडी र खेलाडी समर्थन कर्मचारीहरूका लागि आईसीसी आचार संहिताको धारा २.१२ को उल्लङ्घन गरेको आईसिसीले जनाएको छ । आईसिसीका अनुसार खेलाडी, खेलाडी समर्थन कर्मचारी, अम्पायर, म्याच रेफ्री वा अन्य कुनै व्यक्तिसँग अनुपयुक्त शारीरिक सम्पर्कसँग सम्बन्धित हुनु नियम विपरित हो ।’

थर्ड अम्पायर जयरामन मदनगोपाल र चौथो अम्पायर कुमार धर्मसेनासहित मैदानी अम्पायर अहसान रजा र साम नोगाज्स्कीले पनि उक्त घटनाबारे आईसिसीलाई जानकारी गराएका थिए ।

तान्जिमले पनि आफूले गल्ती गरेको स्वीकारेपनि थप सुनुवाई नगर्दै आईसिसीले उनलाई कारबाही गरेको हो । आइतवारको खेलमा बङ्गलादेशले नेपाललाई २१ रनले पराजित गर्दै सुपर ८ को यात्रा गरेको हो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: