अस्ट्रेलियाका ओपनर वार्नरले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

दर्पण दैनिक १२ असार २०८१,१८:१३
post

काठमाडौँ । अस्ट्रेलियाका ओपनर ब्याटर डेभिड वार्नरले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट पनि संन्यासको घोषणा गरेका छन् ।  अमेरिका र वेस्टइन्डिजमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर ८ बाटै बाहिरिएपछि वार्नरले १५ वर्षे क्रिकेट करियरमा पूर्णविराम लगाएका हुन् । 

वार्नरले एकदिवसीय र टेस्ट क्रिकेटबाट भने यसअघि नै सन्यास लिइसकेका थिए । ३७ वर्षका वार्नरले टी–२० र एक दिवसीयमा सन् २००९ को जनवरीमा दक्षिण अफ्रिकाविरुद्ध डेब्यू गरेका थिए । त्यसको दुई वर्षपछि सन् २०११ मा न्युजिल्यान्डविरुद्ध टेस्ट क्रिकेट खेले । तर उनको सन्यास घोषणा भने अकस्मात् बन्यो ।

उनले टी–२० क्रिकेटमा ३ हजार २७७ रन बनाएका छन्। टेस्ट खेलमा ८ हजार ७८६ रन र १६१ एक दिवसीय खेलबाट ६ हजार ९३२ रन बनाएका छन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: