टी-ट्वान्टी विश्वकप : क्यानडामाथि अमेरिकाको शानदार जित

दर्पण दैनिक २० जेष्ठ २०८१,११:१७
post

काठमाडौँ । आजबाट सुरु भएको आईसीसी पुरुष टी-ट्वान्टी क्रिकेट विश्वकपको पहिलो खेलमा सह-आयोजक अमेरिकाले क्यानडामाथि शानदार जित दर्ता गरेको छ । समूह 'ए' अन्तर्गत डल्लासमा भएको खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।

जितका लागि चाहिएको १ सय ९५ रनको लक्ष्य अमेरिकाले १७ ओभर ४ बलमा केवल ३ विकेट गुमाएर पूरा गर्यो । अमेरिकाको जितमा आरोन जोन्सले ४० बलमा अविजित ९४ रनको योगदान गरे । उनले ४ चौका र १० छक्का हिर्काए । एन्ड्रियास गाउसले ६५ रन बनाए ।

क्यानडाका लागि कलिम साना, डिलोन हेयलिगर र निखिल दत्तले १-१ विकेट हात पारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९४ रन जोड्यो । क्यानडाका लागि नभनित धलिवालले ६१ रन तथा निकोलास किर्टोनले ५१ रन बनाए । अमेरिकाका लागि अली खान, हर्मित सिंह र कोरी एन्डरसनले १-१ विकेट लिए ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: