एसिया कप : फिल्डिङ गर्दै नेपाल, ब्याटिङमा यूएई [LIVE]

दर्पण दैनिक ४ श्रावण २०८१,१४:२५
post

काठमाडौँ । महिला एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएई विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। श्रीलंकाको डम्बुलास्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सवा २ बजे हुने खेलमा नेपालले टस जितेर यूएईलाई ब्याटिङको निम्तो दिएको हो ।

दोस्रो खेल भने भारत र पाकिस्तानबीच आज साँझ सवा ७ बजे सुरु हुनेछ । नेपाली टोलीले समूहगत चरणमा आफ्नो दोस्रो खेल जुलाई २१ मा पाकिस्तानसँग खेल्नेछ। नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेल जुलाई २३ तारिखमा बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ।

साउन ४ देखि १३ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘ए’मा परेको छ। दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तान पनि सोही समूहमा छन् । चौथो टोलीको रुपमा यूएई छ । प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । 

खेल लाइभ हेर्न याे लिंकमा जानुहाेस 

https://www.youtube.com/live/6AS-i3Pw0qE?si=lVEuJhxV02qyZG6p

 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: