नेपाल पुलिस क्लबले जित्याे प्रधानमन्त्री कपकाे उपाधि

दर्पण दैनिक २० माघ २०८०,१६:२७
post

काठमाडाैं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । शनिबार त्रिवि मैदानमा भएको फाइनल खेलमा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो । 

पहिला ब्याटिङ गरेको आर्मीले ४९.५ ओभरमा अलआउट हुँदा १८१ रन बनाएको थियो । जवाफमा पुलिसले चार विकेटको क्षतिमा ३७.५ ओभरमा लक्ष्य पूरा गरेको हो । पुलिसको जितमा बलिङतर्फ ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले तीन तीन विकेट लिए भने ब्याटिङतर्फ शंकर रानाले अर्धशतक बनाए । रानाले ६२ रन नटआउट बनाउने क्रममा छक्का प्रहार गर्दै टिमलाई उपाधि दिलाएका थिए । जारी प्रतियोगितामा पुलिस आफूले खेलेका सबै १० खेलमा अपराजि रह्यो ।  

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: