काभा महिला भलिबल फाइनल खेल आज, नेपाल र भारत भिड्दै

दर्पण दैनिक २३ श्रावण २०८१,०६:३८
post

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको फाइनलमा बुधबार (आज) नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारसँगको भेट पक्का गरेको हो ।

नेपाल र भारतको फाइनल भिडन्त दशरथ रङ्गशाला कभर्डहलमा आज साँझ ५ बजे सुरु हुनेछ । नेपालले सेमिफाइनलमा इरानलाई २५-२१, २८-२६ र २५-२० ले पराजित गरेको हो । लिग चरणमा भएको इरानसँगको पराजयको बदला नेपालले सेमिफाइनलमा लिएको हो । लिग चरणमा इरानले नेपाललाई पाँच सेटमा हराएको थियो ।

समूह चरणको नेपाल र भारतको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । उक्त भेटको पहिलो सेट नेपालले २५-१८ ले जितेको थियो । खेलको दोस्रो सेट भारतले २५-१२ ले आफ्नो पक्षमा पार्दा तेस्रो सेट मा नेपालले भारतलाई २५-१७ ले पाखा लगाएको थियो। चौथो सेट १८-२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५-१३ ले पराजित गर्दै ऐतिहासिक जित निकालेको थियो ।

समूह चरणामा नेपालसँग मात्र पराजित भएको भारतले मङ्गलबारै श्रीलङ्कालाई २५-१५, २५-१६, २५-२३ को सोझो सेटमा हराएर फाइनलमा स्थान बनाएको हो । समूह चरणमा भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपाल उपाधि उचाल्ने लक्ष्यका साथ फाइनल भिडन्तका लागि मैदान उत्रने छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: