यस्ताे बन्यो क्यानको नयाँ टिम ?

दर्पण दैनिक ६ आश्विन २०८०,२०:३५
post

नेपाल क्रिकेट संघको नयाँ कार्यसमिति चयन भएको छ । आज भएको चुनावले नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध अध्यक्षमा दोहोरिए भने रोशन सिंह उपाध्यक्ष र पदम खड्का कोषाध्यक्षमा निर्विरोध भए । सिंह यसअघि कोषाध्यक्ष थिए भने खड्का सदस्य थिए । 

सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन् । उनी र प्रशानविक्रम मल्लबीच प्रतिस्पर्धा भएको थियो । पारसलाई चन्दको समर्थन रहेको थियो । पारसले ४८ मत पाए भने मल्लले ३७ मत पाए । ८५ मत खसेको थियो । पारस पहिलोपटक क्यानको राजनीतिमा उत्रिँदा बागमती अध्यक्ष र केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।  

सर्वसम्मत अध्यक्षमा दोहोरिएपछि चन्दले आफूले पहिलाको भन्दा नयाँ कार्यकालमा राम्रो काम गर्ने प्रतिक्रिया दिएका छन् । उनले क्रिकेटको घरेलु संरचना बनाउनेसमेत उनले प्रतिवद्धता जनाएका छन् । उनले नेपालले भारत र पाकिस्तान जस्ता टिमसँग खेलिसकेको भन्दै ती टिमको स्तरमा नेपाली टिमलाई विकास गर्नुपर्ने बताए । उनले अब सरकारले संरचनामा ध्यान दिनुपर्ने बताए । 

निर्वाचित सदस्यहरू

धिरेन्द्र सावद

विरेन्द्र चन्द

आयुस श्रेष्ठ

दुर्गा पाठक

अर्जुन पौडेल

 दिवाकर घले 

सुदिप शर्मा 

विक्रम विष्ट 

श्रीधर केसी

प्रदीप मजगैँया

जयन्तीदेवी भट्ट

माधव कर्माचार्य

करन महत्रा

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: