काठमाडाैं । मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । म्यानमारसँग हुने दुई मैत्रीपूर्ण फुटबल खेलका लागि मुख्य प्रशिक्षक भिन्सेन्जो एनेसले आइतबार २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।
नेपाली टिमको गोलकिपरमा किरणकुमार लिम्बू, अभिषेक बराल र दिप कार्की छन् । त्यस्तै, रक्षकमा सनिश श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, आशिष गुरुङ, छिरिङ लामा र अञ्जन राई छन् ।
मिडफिल्डरमा एरिक विष्ट, सुदीप गुरुङ, लाकेन लिम्बू, आवास लामिछाने, कृतिशरत्न छुन्जु र उत्सव राई छन् भने फरवार्डमा आयुष घलान, नवयुग श्रेष्ठ, अञ्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, जिलेस्पीजङ्ग कार्की, दिनेश हेन्जन र हिसुब थपलिया छन् । फरवार्ड विमल घर्ती मगर भने टिममा पर्न असफल भएका छन् ।
नेपाली फुटबल टोलीले फिफा विश्वकप-२०२६ तथा एएफसी एसियन कप-२०२७ छनोटको प्रारम्भिक चरणको तयारी स्वरुप म्यानमारसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google