
काठमाडौं । एसिया कप–२०२३ मा भारतविरुद्ध नेपालले कुशल भुर्तेललाई पहिलो विकेटको रुपमा गुमाएको छ । श्रीलंकाको क्यान्डीस्थित पालेकेले रंगशालामा टस हारेपछि ब्याटिङमा आएको नेपालले कुशललाई व्यक्तिगत ३८ रनमा गुमाएको हो ।
९.५ ओभरमा भारतका शार्दुल ठाकुरको बलमा कुशल विकेटकिपर इशान किसनबाट क्याच भए । जारी खेलको ९.५ ओभर समाप्त हुँदा नेपालले एक विकेट गुमाएर ६५ रन बनाएको छ ।
एसिया कपमा यसै संस्करणबाट ‘डेब्यू’ गरेको नेपाली टिमले सन् १९८३ र २०११ को विश्वकप विजेता समेत रहेको भारतविरुद्ध पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रिकेटमा प्रतिस्पर्धाका लागि उत्रिएको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google