काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले श्रीलंका क्रिकेट (एसएलसी)को सदस्यता निलम्बन गरेको छ । एसएलसी प्रशासनमा सरकारको व्यापक हस्तक्षेप र बोर्ड विघटन भएको भन्दै आईसीसीले(एसएलसी)को सदस्यता निलम्बन गरेको हो ।
शुक्रबार राति आईसीसीले जारी गरेको विज्ञप्तिमा एसएलसीले सदस्यको रूपमा आफ्नो दायित्वहरू उल्लङ्घन गरेको उल्लेख छ। विशेष गरी आफ्नो मामिलाहरू स्वायत्त र सरकारी हस्तक्षेपबिना व्यवस्थापन गर्न नसकेको आईसीसीले जनाएको छ ।
निलम्बनको सर्तहरू आईसीसी बोर्डले समयमै तय गर्नेछ । बोर्ड बैठक नोभेम्बर २१ मा बस्दै छ ।
जारी विश्वकपमा भारतसँगको लज्जास्पद हारपछि श्रीलंकाका खेलकुद मन्त्री रोशन रानासिङ्घेले श्रीलंका क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका थिए ।
अदालतले श्रीलंका क्रिकेट बोर्डलाई बर्खास्त गर्ने र अन्तरिम समिति नियुक्त गर्ने मन्त्री रोशन रणसिङ्घेको कदमलाई चुनौती दिँदै गरेको निवेदन स्वीकार गरिसकेको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google