
काठमाडौँ । साफ महिला च्याम्पियनसिपमाा सहभागी हुन साविका विजेता बगंलादेशसहित उपाधि दावेदार भारत र श्रीलंकाको टोली नेपाल आइपुगेका छन् । तिनै टोली आज मंगलबार नेपाल आइपुगेका हुन् ।
साफमा सहभागी हुन भुटानको टोली भने बुधबार मात्र नेपाल आइपुग्नेछ। यसअघि मालदिभ्स र पाकिस्तानको टोली नेपाल आइसकेका छन् ।
लगातार तेस्रो पटक नेपालमा हुन लागेको साफको तयारी पुरा भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बताएको छ। साफको समूह चरणको खेलका लागि साधारणतर्फ ३ सय र भिआइपीतर्फ ५ सय रुपैयाँ तोकिएको छ ।
सेमिफाइनलदेखि भने साधारणतर्फ ५ सय र भीआइपीतर्फ १ हजार रुपैयाँ टिकट दर राखिएको छ । साफका लागि गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा नेपालको २३ सदस्यीय अन्तिम टोलीको घोषणा भइसकेको छ । साफ महिला च्याम्पियनसिप कार्तिक १ गतेदेखि १४ गतेसम्म हुँदैछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google