मिडफिल्डर अनिता केसीले आईलिग खेल्ने

दर्पण दैनिक २५ फाल्गुन २०८०,१४:२०
post

काठमाडौँ । मिडफिल्डर अनिता केसीले भारतीय महिला (आईलिग)फुटबल खेल्ने भएकी छिन् । किक स्टार्सबाट खेल्दै आएकी नेपाल राष्ट्रिय टोलीकी सदस्य प्रीति राई घाइते भएपछि किक स्टार्सले अनितालाई अनुबन्ध गरेको हो ।

प्रीति तीन महिना मैदान बाहिरै हुने भएपछि किक स्टार्सले खेल्ने बाँकी तीन खेल अब अनिताले खेल्नेछिन् । अनिताले पहिलो पटक आईलिग खेल्न उत्साहित रहेको बताइन् । ‘पहिलो पटक आईलिग खेल्ने अवसर पाएकी छु । त्यसको लागि निकै उत्साहित छु,’ अनिताले भनिन्, ‘प्रीति घाइते भएपछि अवसर पाएको हो । उसको अभाव हुन नदिने प्रयास गर्छु ।’


किक स्टार्सले ओडिसा एफसी, सेथु एफसी र गोकुल केरेलासँग खेल्न बाँकी छ । तीन खेल बाँकी रहँदा ६ जित, दुई बराबर र एक हारसहित २० अंक जोडेर तेस्रो स्थानमा छ । यस सिजन ७ खेल खेलिसक्दा प्रीतिसँगै दीपा शाहीले किक स्टार्सका लागि सानदार प्रदर्शन गरेका छन् । १० खेल खेलिसकेको गोकुलम केरेला २३ अंकसहित शीर्ष स्थानमा छ ।

यस सिजन आई लिगमा ६ नेपाली खेलाडीले खेलेका छन् । प्रीति र दीपासँगै राष्ट्रिय महिला टोलीकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बा, गीता राना, रश्मिकुमारी घिसिङ र अमृता जैसीले खेलेका हुन् । एञ्जिला र गीता सेथु एफसीमा छन् । रश्मि र अमृता स्पोर्ट्स उडिसामा आबद्ध छन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: