काठमाडौं । काठमाडौँमा आजदेखि शुरु भएको यू- १९साफ च्याम्पियनसिपमा भारतले विजयी शुरुवात गरेको छ ।
दशरथ रंगशालामा सम्पन्न खेलमा भारतले बंगलादेशलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
यो जितपछि समुह बी मा भारतले महत्वपूर्ण ३ अंक हासिल गरेको छ । समुह बी मा भारत र बंगलादेशका अलावा भुटान रहेको छ ।
यू-१९ साफ च्याम्पियनसिपमा नेपाल भने समुह ए मा रहेको छ । समुह ए मा नेपालसहित पाकिस्तान र माल्दिभ्स रहेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google