एसिया कप : बंगलादेश सुपर फोरमा प्रवेश

दर्पण दैनिक १८ भाद्र २०८०,०६:५०
post

काठमाडौं । अफगानिस्तानविरुद्ध ८९ रनको जित निकाल्दै बंगलादेश एसिया कप–२०२३ को सुपर फोरमा प्रवेश गरेको छ । आइतबार पाकिस्तानको लाहोरस्थित गद्दाफी रंगशालामा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको ३३५ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ४४.३ ओभरमा सबै विकेट गुमाएर २४५ रनमात्र बनायो । 

अफगानिस्तानका इब्राहिम जद्रानले ७५ रन बनाए पनि टिमको हार टार्न सकेनन् । कप्तान हस्मतुल्लाह साहिदीले ५१ रन थपे । रहमत साहले ३३, राशिद खानले २४, नजिबुल्लाह जद्रानले १७ र गुलबदिन नैबले १५ रन बनाए । 

बंगलादेशका तक्सिन अहमेदले चार विकेट लिए । ८.३ ओभर बलिङ गरेका उनले ४४ रन खर्चिए । सोरिफुल इस्लामले तीन विकेट लिदा हसन मह्मुद र मेहदी हसनले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको बंगलादेशले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर ३३४ रनको योगफल खडा गरेको थियो । 

बंगलादेशका मेहदी हसन र नज्मुल हुसैन सान्टोले शतक बनाए । मेहदी हसनले ११९ बलमा सात चौका र तीन छक्का प्रहार गरे । नज्मुलले १०५ बलमा नौ चौका र दुई छ्क्का प्रहार गरे ।

अफगानिस्तानका मुजिब उररहमान र गुलबदिन नैबले समान एक विकेट लिए ।  जितसँगै दुई खेलबाट दुई अंकसहित बंगलादेशले सुपर फोरमा स्थान बनाएको हो । अफगानिस्तानको भने प्रतियोगितामा यो पहिलो खेल हो । 
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: