
काठमाडाैं । एसिया कप क्रिकेट प्रतियोगितामा सोमबार श्रीलंकाको पल्लेकेल मैदानमा भारतविरुद्ध आसिफ शेखले अर्धशतक बनाएका छन् । उनले ८८ बलमा अर्धशतक बनाएका हुन् । नेपालले राम्रो सुरुवात गरेको नेपालको मध्यक्रम लड्खडाएको छ । ६५ को स्कोरमा पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको नेपालले त्यसपछि निरन्तर विकेट गुमाएको छ ।
२२ ओभरको खेल सकिँदा नेपालले चार विकेट गुमाइसकेको छ । कप्तान रोहित पौडेल ५, भीम सार्की र कुशल मल्ल २ रनमा आउट भए । भारतका रविन्द्र जडेजाले तीन विकेट लिइसकेका छन् ।
सार्दुल ठाकुरले एक विकेट लिएका छन् । खेलमा नेपालका दुवै ओपनरले तीनपटक जीवनदान पाएका थिए । अहिले क्रिजमा आसिफ शेख र गुलसन झा छन् । यो समाचार तयार पार्दासम्म २३ ओभरमा ४ विकेट गुमाएर १०२ रन बनाइसकेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google