सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

दर्पण दैनिक १८ माघ २०७९,०६:४३
post

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको बोर्ड बैठकले उनीमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले सन्दीपलाई गत भदौ २३ मा निलम्बन गरेको थियो । लामिछानेमाथि १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ गरी न्यायिक हिरासतमा राखेको थियो ।

उनीविरुद्ध गत कात्तिक १४ गते काठमाडौं अदालतमा मुद्दा दायर गरिएको थियो । उच्च अदालत पाटनले गत पुस २९ मा उनलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी बुझाएर रिहा भएका लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

आजै सन्दीपलाई थुनामुक्त गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ । महान्यायाधिवक्ताको कार्यालयले आज उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको हो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: