साफ च्याम्पियनसिप : पाकिस्तानसँग भिड्दै नेपाल

दर्पण दैनिक १२ असार २०८०,०८:१०
post

काठमाडौं । नेपालले साफ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेल आज खेल्दैछ । भारतको बैंग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा अपराह्न पौने ४ बजे सुरु हुने खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ ।

लगातार दुई खेलमा हार भोग्दै समूह चरणबाट बाहिरिसकेको नेपाल र पाकिस्तान दुवैका लागि आजको खेल प्रतिष्ठाका लागि मात्र हुनेछ ।

समूह चरणको पहिलो खेलमा कुवेतसँग ३–१ ले तथा दोस्रो खेलमा घरेलु टोली भारतसँग २–० ले हार्दै नेपाल समूह चरणबाट बाहिरिएको हो। पाकिस्तान भने भारत र कुवेत दुवै टोलीसँग समान ४–० ले हारेको थियो ।


अघिल्लो सिजन साफको फाइनल खेलेको नेपाली टोली सन् २०१५ पछि समूह चरणबाट नै बाहिरिएको हो। नेपाल रहेको समूह एबाट भारत र कुवेत अन्तिम चारमा प्रवेश गरेका छन् ।

आजै हुने अर्को खेलमा समूह विजेताका लागि भारत र कुवेत भिड्नेछन् । साफमा यसपटक दक्षिण एसियाका ६ टोलीसँगै लेबनान र कुवेतले पनि प्रतिस्पर्धा गरिरहेका छन् । आफ्नो स्तरवृद्धिका लागि साफले दक्षिण एसिया बाहिरका दुई टोलीलाई आमन्त्रण गरेको हो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: