श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

दर्पण दैनिक ८ कार्तिक २०८१,२०:२७
post

काठमाडौं । घरेलु टोली नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले हराउँदै नेपाल समूह ‘बी’को विजेता बनेको हो । नेपालले अब सेमिफाइनलमा आइतबार समूह ‘ए’ को उपविजेता भारतसँग भिड्ने छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालले पहिलो हाफमा श्रीलंकाविरुद्ध ४ गोलको अग्रता लिएको थियो । पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले दुई तथा सावित्रा भण्डारी (साम्बा) र सविता राना मगरले एक एक गोल गरिन् ।

सविताले खेलको आठौँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । यस्तै खेलको ११औँ मिनेटमा नेपालका लागि सावित्राले गोल गर्दै २–० को अग्रता दिलाइन् ।

यसैगरी खेलको १३औँ मिनेटमा रेखाले गोल गर्दै नेपाललाई ३–० को अवस्थामा पुर्याइन् । यस्तै रेखाले नै खेलको ३६औँ मिनेटमा थप गोल गर्दै नेपाललाई पहिलो हाफमा ४–० को अग्रता दिलाइन् ।

दोस्रो हाफमा नेपालले दुई गोल मात्र गर्न सक्यो । दोस्रो हाफमा अमिशा कार्की र रश्मीकुमारी घिसिङले एक एक गोल गरे । अमिशाले खेलको ४७औँ मिनेटमा तथा रश्मीले खेलको ९४औँ मिनेटमा गोल गरे ।

आइतबार नै समूह ‘ए’ को विजेता बंगलादेश र समूह ‘बी’ को उपविजेता भुटानबीच अर्को सेमिफाइनल खेल हुनेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: