काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कपमा आज नेपालले हङकङसँग खेल्दैछ । खेल मध्याह्न ११:४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ । नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता हङकङले पहिलो खेलमा कतारलाई २६ रनले हराउँदा साउदी अरेवियासँग ५५ रनले पराजित भएको थियो ।
आइतबार साउदीले दिएको २०३ रनको लक्ष्य पछ्याएको हङकङ १४७ रनमा अलआउट भएको थियो । शीर्ष दुईमा रहँदै सेमिफाइनल खेल्न हङकङले नेपाललाई हराउनैपर्ने दबाब छ । हङकङ लगातार दोस्रो दिन खेल्दा नेपाल एकदिनको विश्रामपछि खेल्दैछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google