दैनिक १८ घण्टा काम गर्ने खेलकुदमन्त्री लिम्बूकाे घाेषणा

दर्पण दैनिक २२ बैशाख २०८०,०९:२४
post

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले पदभार ग्रहण गरेका छन् । बिहीबार दिउँसो मन्त्रालय पुगेर मन्त्री लिम्बूले पदभार ग्रहण गर्दै आफूले दैनिक १८ घण्टा दिएर काम गर्ने बताए ।

पदभार ग्रहणपछि बोल्दै उनले केही समय अध्ययन गर्न लाग्ने त्यसपछि काममा लाग्ने बताए ।

‘केही समय अध्ययन गर्न समय लाग्छ, काममा विश्वास गर्ने मानिस हो म। हरेक कुरालाई सकारात्मक ढंगबाट लिनुपर्छ, नेपालीले गर्न सक्छन् भन्नेकुरा खेलाडी साथीहरूले देखाइरहनुभएको छ। म १८ घन्टा समय दिएर काम गर्नेछु,’ मन्त्री लिम्बूले भने ।

उनले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताए।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: