विश्वकप छनोटको प्लेअफ खेलमा नेपालसँग यूएई पराजित

दर्पण दैनिक १७ असार २०८०,२०:३९
post

काठमाडाैं । विश्वकप छनोट प्रतियोगिताको प्लेअफ खेलमा नेपालले यूएईमाथि ३ विकेटको जित हात पारेको छ । दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेबी आठौँ विकेटकमा लागि नटआउट ७९ रनको साझेदारी भएपछि नेपालले रोमाञ्चक जित हात पारेको हो । 

नेपालका जितमा ऐरीले नटआउट ८५ बलमा ७९ रन नटआउट बनाए । यस्तै सन्दीपले ३७ बलमा नटआउट २३ रन बनाए । टस जितेर नेपालले यूएईलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । यूएईले अलआउट हुँदै १८१ रन बनाएको थियो । जवाफमा नेपालले ७ विकेट गुमाएर ४३.३ ओभरमा लक्ष्य पूरा गरेको हो । 

यसअघि नेपालका लागि करण केसी र सन्दीपले तीन तीन विकेट लिएका थिए भने गुल्सन झाले २ र दीपेन्द्र तथा प्रतिश जिसीले एक एक विकेट लिएका थिए । अब नेपालले साताैँ स्थानका लागि आयरल्यान्डसँग खेल्ने छ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: