साफ च्याम्पियनसिप : खेल तालिका सार्वजनिक, समूह ‘ए’ मा नेपालसँगै बङ्गलादेश र भारत

दर्पण दैनिक ८ श्रावण २०८०,१६:२७
post

काठमाडाैं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले भुटानमा आयोजना हुने यु–१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको छ । 

आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुने प्रतियोगितामा नेपालले पहिलो खेल बङ्गादेशसँग खेल्नेछ । उक्त खेल सेप्टेम्बर ३ तारिखमा हुनेछ । 

प्रतियोगितामा विभिन्न ६ राष्ट्रको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । 

समूह ‘ए’ मा नेपालसँगै बङ्गलादेश र भारत रहेका छन् भने समूह ‘बी’ मा आयोजक भुटानसँगै माल्दिभ्स र पाकिस्तान छन् । उक्त प्रतियोगिताको उद्घाटन खेलमा भारत र बङ्गलादेश भिड्नेछन् । सबै खेल भुटानको चाङ्लिमिथाङ रङ्गशालामा हुनेछन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: