काठमाडौँ । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको पहिलो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सलाई हराउँदै सुदूरपश्चिम रोयल्स फाइनलमा प्रवेश गरेको छ । सुदुरपश्चिमले जनकपुरलाई ८ विकेटले हराएको हो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको थियो । सो लक्ष्य पछ्याएको सुदुरपश्चिमले २ विकेट मात्रै गुमाएर लक्ष्य चुमेको हो ।
आजको जितसँगै सुदुरपश्चिम रोयल्स सिधै फाइनलमा पुगेको छ भने हार व्योहोरेको जनकपुर बोल्ट्सले कर्णाली याक्ससँग खेल्नुपर्ने छ । आजको खेलमा सुदुरपश्चिम रोयल्सका लागि ओपनर विनोद भण्डारीले अर्धशतक पार गरेका छन् । उनले सर्वाधिक ५८ रन बनाएका हुन् । त्यस्तै सैफ जैबले ३२ रन, ब्रान्डन मक्मलेनले २५ रन बनाए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google