फिफा वर्ष खेलाडी घोषित भए मेसी र आइताना

दर्पण दैनिक २ माघ २०८०,१३:२७
post

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले प्रदान गर्ने वर्ष खेलाडीको अवार्ड अर्जेन्टिनाका कप्तान लियोनल मेसीले जितेका छन् । सोमबार लन्डनमा आयोजित अवार्ड समारोहमा मेसीले म्यानचेस्टर सिटीका एर्लिङ हाल्यान्ड र पेरिस सेन्ट जर्मन (पीएसजी)का काइलियन एमबाप्पेलाई पछि पार्दै ‘द बेस्ट’ जितेका हुन् ।

म्यानचेस्टर सिटीका गोलकिपर एडर्सन वर्षको उत्कृष्ट गोलकिपर चुनिएका छन् । उनले रियाल मड्रिडका थिबाउट कोर्टुवा र अल हिलालका यासिन बोनोउलाई पछि पारे । पुरुष वर्ष प्रशिक्षक सिटीकै पेप ग्वार्डिओला चुनिएका छन् । ब्राजिलले ‘फेयर प्ले’ अवार्ड जितेको छ ।

महिलातर्फ स्पेनकी आइताना बोनमती वर्ष खेलाडी घोषित भइन् । गत वर्ष स्पेनले फिफा महिला विश्वकपको उपाधि र बार्सिलोनाले महिला च्याम्पियन्स लिगसँगै ला लिगा जित्दा उनी टिमकी महत्त्वपूर्ण सदस्य थिइन् । महिला वर्ष प्रशिक्षकको अवार्ड इंग्ल्यान्डकी सरिना वेग्मनले जितिन् । उनी चौथोपटक फिफाको वर्ष प्रशिक्षक चुनिएकी हुन् ।
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: