एसिया कप क्रिकेट : बंगलादेशसँग भारत ६ रनले पराजित

दर्पण दैनिक ३० भाद्र २०८०,०७:५४
post

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरको अन्तिम खेलमा भारत बंगलादेशसँग ६ रनले पराजित भएको छ । हिजो शुक्रबार राति भएको खेलमा भारत बंगलादेशसँग पराजित भएको हो । बंगलादेशले दिएको २६६ रनको लक्ष्य पछाएको भारतले ४९.५ ओभरमा अल आउट हुँदै २५९ रन बनाएपछि खेल ६ रनले पराजित भएको हो । भारतका लागि शुभमन गिलले १२१ रनको शतकीय पारी खेलेपनि टिमलाई जित भने दिलाउन सकेनन् ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको बंगलादेशले ५० ओभरमा ८ विकेट गुमाउँदै २६५ रन बनाएको थियो । योसँगै एसिया कपको सुपर फोरका खेलहरु सकिएका छन् । भारत यसअघि नै एसिया कपको फाइनलमा पुगिसकेको छ भने उपाधिका लागि श्रीलंकासँग भोलि आइतबार खेल्नेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: