आज विश्वविजेता वेस्ट इन्डिजसँग भिड्दै नेपाल

दर्पण दैनिक ७ असार २०८०,०७:५२
post

काठमाडाैं । जिम्बाब्वेमा जारी विश्वकप छनोटमा नेपालले आज पूर्वविश्वकप विजेता वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले जिम्बाब्वेको हरारे स्पोर्ट्स क्लबमा आज दिउँसाे १२ः४५ बजे वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपालले आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजसँग खेल्न लागेको हो । यसअघि आफ्नो पहिलो खेलमा नेपाल घरेलु टिम जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो । तर, दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोटको सुपर सिक्समा पुग्ने सम्भावनालाई कायमै राखेको छ ।

समूह ‘ए’ को शीर्ष स्थानमा जिम्बाब्वे रहेको छ । जिम्बाब्वेले दुई खेलबाट चार अंक बनाएको छ । एक खेलबाट दोस्रो स्थानमा रहेको वेस्ट इन्डिजको दुई अंक छ । नेपाल भने तेस्रो स्थानमा छ । नेपालले दुई खेलमध्ये एक खेलमा हार र एक खेलमा जित निकालेको छ । समूहको शीर्ष तीनमा पर्ने टोली विश्वकप छनोटको सुपर सिक्समा पुग्नेछ ।


वेस्ट इन्डिजविरुद्ध नेपालबाट कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, करण केसी र ललितनारायण राजवंशी खेल्ने छन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: