ऋषि धमलाद्धारा पलेशालाई १ लाख पुरस्कारसहित सम्मान

दर्पण दैनिक २४ भाद्र २०८१,१६:३५
post

काठमाडौं । रिपोर्टर्स क्लब नेपालले पेरिस प्यारालम्पिक तेक्वान्दोमा काश्य पदक विजेता पलेशा गोवर्धनलाई १ लाख पुरस्कारसहित सम्मान गरेको छ । आज (सोमबार) क्लबका सभापति ऋषि धमलाले पलेशालाई सम्मान गरेका हुन् ।

त्यसैगरी, कोच कविराज नेगी र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई पनि सम्मान गरिएको छ । कोच नेगीलाई २५ हजार पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको छ । व्यवस्थापक श्रेष्ठलाई विशेष सम्मानसहित अभिनन्दन गरिएको छ । 

रिपोर्टर्स क्लबका सभापति धमलाले पलेशाले खेलको माध्यमबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको नाम राखेको भन्दै प्रशंसा गरे । पलेशाले लगातार ११ वर्षसम्म संघर्ष गरेको कारण देशको शान, मान र प्रतिष्ठा बढेको उनले बताए । 

‘पलेशाजीले शिखर चुम्नुभयो । अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम राख्नुभयो । उहाँले लगातार ११ वर्ष संघर्षको फल देशले पायो । यो देशको गौरव हो, नेपाली जनताको शान, मान र प्रतिष्ठा हो,’– उनले भने । सभापति धमलाले हरेक व्यवस्था परिवर्तनमा रिपोर्टर्स क्लब नेपालले योगदान पुर्याएको स्मरण गराए ।

काश्य पदक विजेता पलेशाले आफूले ११ वर्षसम्म गरेको कडा मेहनतको फल पाउँदा खुसी लागेको बताईन् । ‘नेपालले पनि मेडल ल्याउन सक्छ र ?’ भन्ने प्रश्नको उत्तर आफूले लिएर आएको उनले बताईन् । आफूले सपोर्ट नपाएर पनि यो गेममा कडा मेहनतको बावजुद सफल भएको बताईन् । ‘ धेरै गाह्रो थियो  यो मेडल ल्याउन । किनकी संघर्ष त्यति नै थियो, सपोर्ट धेरै थिएन । हामीले सपोर्ट कहिले पनि पाएनौं । अहिले सबैको आँखा यता परेको छ । सबैले सर्ने भनेर पनि प्रमिस गर्नुभएको छ ।  राम्रो स्थिति भयो भने मैले एलए को गेममा पनि सहभागिता जनाउन सक्छु । आशा गरौं, त्यहा गोल्ड मेडल लिएरै आउनेछौं,’– उनले भनिन् । 

साथै, आफूमाथि सबैको आशा बढिरहेको पाएको पनि उनले सुनाईन् । आफूले खेल र पढाइलाई एकसाथ अगाडि लगिराखेको बताउँदै उनले आफूले जहिले पनि कडा मेहनतमा विश्वास गर्ने भएर यो सम्भव भएको बताईन् । ‘नेपालीहरुको लागि इम्पोसिबल ड्रिम थियो । त्यो पनि पोसिवल छ है भनेर मैले देखाएको छु । सबैले मलाई रोल मोडलको रुपमा लिएका छन् । मेरो स्टोरीले उहाँहरुलाई प्रभावित पारेको छ । अन्तिममा के भन्न चाहन्छु भने, तपाई सपना नछोड्नुस् । मेहनत गर्नुस्, मेहनतको फल अवश्य नै पाउनुहुनेछ,’ – उनले भनिन् । 

त्यसैगरी, बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले आफूहरुले पर्याप्त सुविधा दिएर पलेशालाई तयारी गराउन नसकेको बताए । राज्यले खेलाडीलाई गर्नुपर्ने व्यवहार र सहयोग  गर्न नसकेको उनले बताए । तेक्वान्दोका लागि पूर्वाधार विकासको पनि आवश्यक्ता रहेको उनले बताए । ‘पलेशाले अहिले पदक हाँसिल गरेर नेपाल आउनु भएको छ । हाम्रा खेलाडीहरु, नेपालीहरु संसारसँग लड्न डराउँदैनन् । तर, त्यो किसिमको सुविधा र सहुलियत राज्यले दिन सकेको छैन,’– उनले भने । 


 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: