टी-२० आई वरीयतामा रोहित पौडेलले भारतका ईशान किशनलाई पनि पछि पारे

दर्पण दैनिक २५ फाल्गुन २०८०,२०:४६
post

काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी-२० आई वरीयतामा नेपाली खेलाडीले ब्याटिङ र अलराउन्डर दुवैतर्फ उल्लेख्य सुधार गरेका छन् । टी-२० आई वरीयताको ब्याटिङतर्फ रोहित पौडेल ३६ स्थान माथि उक्लेर ५४ औं स्थानमा पुगेका छन् । उनले भारतका ईशान किशनलाई पनि पछि पारेका छन् । किशन ५५ औं स्थानमा छन् । नेपालका दीपेन्द्रसिंह ऐरीले ३१ स्थान सुधार गर्दै ७० औं हासिल गरेका छन्। बंगलादेशका अफिफ हुसेन र नामिबियाका जेजे स्मिथ पनि ४४५ अंकका साथ यसै स्थानमा छन् ।

अलराउन्डरतर्फ दीपेन्द्रसिंह ऐरीले ४८ स्थान सुधार गरेका छन्। उनी २७ औं स्थानमा रहेका छन् । कुशल मल्ल ३५ औं स्थानमा छन्, जसले २७ स्थान सुधार गरेका छन् । उनीसँगै ३५ औं स्थानमा श्रीलंकाका धनन्जय डी सिल्भा पनि छन्, जसको ९४ अंक छ ।

अलराउन्डरतर्फ गुलसन झा २२ स्थान सुधार गर्दै ७२ औं स्थानमा पुगेका छन्। यही स्थानमा पपुवा न्युगिनीका सेसे बाउ, आयरल्यान्डका ब्यारी म्याकार्थी र वेस्टइन्डिजका कायल मेयर्स पनि छन् । यी सबैको अंक ४९ छ । अलराउन्डरतर्फ करण केसी ८१ औं स्थानमा पुगेका छन्, जसले २४ स्थान सुधार गरेका छन् । अलराउन्डरतर्फ रोहित पौडेलले ८८ स्थान सुधार गर्दै ९२ औं स्थानमा पुगेका छन् । 

 

 

नेपालको वरीयता भने टी-२० आई र ओडीआईमा यथावत् रहेको छ। टी-२० आई वरीयतामा नेपाल स्थान भने १६ औंमै यथावत देखिएको छ। नेपालले रेटिङमा १७५ अंक पाएको छ। नेपालभन्दा माथि नेदरल्यान्ड्स १८४ औं अंकका साथ १५ औं स्थानमा छ ।

युएई १७४ अंकका साथ १७ औं स्थानमा छ । ओडीआईतर्फ नेपाल १५ औं स्थानमा छ ।

ओडीआईको ब्याटिङ वरीयतामा कुशल भुर्तेलले एक स्थान सुधारेर ७७ औं स्थानमा उक्लिएका छन् । आसिफ शेख ७३ औं र रोहित पौडेल ९५ औं स्थानमा यथावत् छन् ।

दीपेन्द्र ओडीआईको बलिङ वरीयतामा एक स्थान सुधार गर्दै ६३ औंमा उक्लिएका छन् । सोमपाल कामी ८० औं र ललित राजवंशी ५४ औं स्थानमा यथावत रहेका छन् ।

ओडीआई अलराउन्डरतर्फ दीपेन्द्रले एक स्थान सुधार गरेका छन्। उनी ४६ औं स्थानमा छन् । यस्तै सोमपाल कामी ५५ औं र कुशल मल्ल ५१ औं स्थानमै यथावत रहेका छन् ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: