यस्ताे बन्याे विश्वकप लिग २ को अमेरिका सिरिज खेल्ने नेपाली टिम

दर्पण दैनिक १० कार्तिक २०८१,१८:५७
post

काठमाडाैँ । विश्वकप क्रिकेट लिग २ को अमेरिका सिरिजका लागि १५ सदस्यीय टिम घोषणा गरिएको छ । स्कटल्यान्ड्ससमेत रहेको त्रिकोणीय सिरिज सुरु भइसकेपछि नेपालले शनिबार टिम घोषणा गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरेको हो । टिम हाल अमेरिकामै रहेको छ ।

सिरिजको पहिलो खेल शुक्रबार भएको थियो, जसमा स्कटल्यान्ड्सले घरेलु मैदानमा अमेरिकालाई पराजित गरेको थियो । अब नेपालले सिरिजको आफ्नो पहिलो खेल आइतबार घरेलु टिम अमेरिकासँग खेल्नेछ । 

लिग २ मा कमजोर प्रदर्शन गरिरहेको नेपालका लागि यो सिरिज निकै महत्वपूर्ण छ । लिगमा रहेका ८ टिममध्ये नेपाल सातौँ स्थानमा छन् । विभिन्न ९ सिरिजका ३६ खेल खेल्न पाउने यो लिगमा नेपालले हालसम्म दुई सिरिजमा मात्र एक जित हात पारेको छ । अमेरिका सिरिजमा तीन टिमले एकअर्काविरुद्ध दुई दुई खेल खेल्नेछन् । स्कटल्यान्ड्सले पहिलो खेल जितिसकेको छ । नेपाली टिममा देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ । अन्य खेलाडीहरू यसअघिकै हुन् । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: