काठमाडौँ । भारतकी सालिनी काभा महिला भलिबल नेसन्स लिगको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । बुधबार सम्पन्न फाइनलमा सालिनी काभा नेसन्स लिगको सर्वोत्कृष्ट खेलाडी चयन भएकी हुन् । व्यक्तिगत स्पर्धातर्फ पनि भारतका खेलाडीले बाजी मारे ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार सम्पन्न फाइनलमा नेपाललाई ३–२ को सेटमा पराजित गर्दै भारतले लगातार दोस्रो पटक उपाधि उचालेको हो ।
व्यक्तिगत विधातर्फको अन्य उपाधिमा कसले बाजी मारे त ?
उत्कृष्ट मिडल ब्लकर : भारतकी सूर्या र इरानकी काभारिन
उत्कृष्ट सेटर : भारतकी जुही
उत्कृष्ट अपोजिट खेलाडी : नेपालकी सरस्वती चौधरी
उत्कृष्ट लिबेरो : नेपालकी सलिना श्रेष्ठ
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google