क्रिकेटर अविनाषले प्रतिज्ञासँग गरे ‘इन्गेजमेन्ट’

दर्पण दैनिक ११ मंसिर २०८०,१६:०३
post

काठमाडौं । नेपाली क्रिकेटर अविनाष बोहराले प्रतिज्ञा खनालसँग ‘इन्गेजमेन्ट’ गरेका छन् । अविनाषले ‘इन्गेजमेन्ट’ गरेको समाचार बाहिरिएपछि समर्थकहरुलाई सामाजिक सञ्जालमार्फत उनलाई बधाइ दिएका छन् । प्राप्त समाचार अनुसार, प्रतिज्ञा अस्ट्रेलियाको सिड्नीमा बस्छिन् ।

उनले नेपाली राष्ट्रिय टोलीबाट ४८ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर ६४ विकेट लिइसकेका छन् । उनले टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिताको एउटै खेलमा केवल ११ रन दिएर ६ विकेट लिएका छन् । 

अविनाषले देशका लागि दुईवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेका छन् । उनले सन् २०२० को फेब्रुअरी ५ मा कीर्तिपुर मैदानमा ओमानविरुद्ध खेल्दै एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यू’ गरेका थिए । २६ वर्षीय अविनाष राष्ट्रिय टोलीका प्रभावशाली बलर हुन् । 
 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: